संगीत हाम्रो रोजाई

शुभ सिल्वाल र बितिषा स्याङतान उत्कृष्ट खेलाडी

अनुशाशित टिममा रामेछापले हात पार्यो

0 43

काठमाण्डौ ।
गाेदावरी अाेपन तेस्रो राष्ट्रिय वादाे कराते प्रतियोगितामा गाेदावरी पार्टी प्यालेस, टाैखेल गाेदावरीमा भव्य रुपमा सम्पन्न भएको छ । गाेदावरी मार्शल अार्टस् सेन्टर र अाई डब्लु एफ् एन कराते डाे संघ केन्द्रीय टेक्निकल कमिटीको अायाेजनामा सम्पन्न भएको उक्त प्रतियोगितामा पुरुष तर्फ अायाेजक गाेदावरी डाेजाेका शुभ सिल्वाल र महिला तर्फ ठैब डाेजाेका बितिषा स्याङतान प्रतियाेगिताकै उत्कृष्ट खेलाडी हुन सफल भएका छन् । भने उदियमान खेलाडीमा धुनवेशी डाेजाे धादिङका अमिर तामाङ र नागर्जुन डाेजाेका रश्मि लामा हुन सफल भएका छन ।
अाई डब्लु एफ् एन कराते डाे संग अावद्ध १३ जिल्ला र अामन्त्रित डाेजाेहरु जे के एफ् गाेजुकाई, वादाे काई, सितोरियो बंगलामुखी डाेजाे, के जेट अाई वादाे रियाे, गाेजु रियाे लगायतका कराते खेलका महिला र पुरुष गरि २६४ जना खेलाडीहरुले सहभागिता जनाएको उक्त प्रतियोगितामा ८ स्वर्ण ४ रजत र ४ कास्य सहित मानसिं डाेजाे टिम च्याम्पियन बन्न सफल भए, अायाेजक गाेदावरी डाेजाे ५ स्वर्ण ५ रजत र ५ कास्य सहित टिम द्वितीय र गाेगंवु डाेजाे ३ स्वर्ण २ रजत र १ कास्य सहित टिम तृतीय हुन सफल भएको छ । त्यसै गरि अनुशासित टिममा रामेछाप जिल्ला टिम बन्न सफल भएको छ ।

प्रतियोगिताको एक भव्य समारोहबीच बिच माननीय युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारले उद्घाटन गर्नु भएको थियो । उद्घाटन समारोहमा संघिय सांसद माननीय नवराज सिलवाल विशेष अतिथिको रुपमा, प्रदेश सभा सांसदहरु माननीय लालकुमारी पुन, माननीय मैना अछामी, माननीय देवकी श्रेष्ठ, नेकपा ३ नं. प्रदेश सदस्य मधुसूदन पाैडेल, गाेजु रियाे युजेनकाई करातेका केन्द्रीय सचिव एवम् समाजसेवी सुदन सिं सिलवाल, लगायतका खेलकुद क्षेत्रका विशिष्ट व्यक्तित्वहरुकाे अातिथ्यतामा सम्पन्न भएको थियो । उद्घाटन समारोहमा मन्तव्यकाे क्रममा प्रमुख अतिथि माननीय युवा तथा खेलकुद मन्त्री ज्युले नेपाली खेलकुद क्षेत्रमा कराते खेलले गाैरवशाली ईतिहास कायम राखेको र यस्काे विकासमा अाफु सधैं लागिरहने बताउनु भयाे ।

नेपालमा अहिले पनि अन्तर्राष्ट्रियस्तरमा देशलाई प्रतिनिधित्व गर्दै पदक ल्याउन सक्ने खेल कराते रहेकोले यस्मा देखिन थालेका केही समस्या र विवादहरुलाई समाधान गर्न अाफु लागिरहेको समेत बताउनु भयाे ।
प्रतियोगितामा कुमिते र काता गरि २४ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियाे । विजेता खेलाडीहरुलाई समापन समाराेहका प्रमुख अतिथि युवासंघ नेपालका केन्द्रीय अध्यक्ष रमेश पाैडेल, विशिष्ट अतिथि गाेदावरी नगरपालिकाका मेयर श्री गजेन्द्र महर्जन, उपमेयर श्री मुना अधिकारी, पूर्व नेकपा एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, गाेदावरी नगरपालिका बाेर्ड सदस्य लक्ष्मी बहादुर नगरकाेटी, नेपाल खेलाडी तथा प्रशिक्षक संघका केन्द्रीय अध्यक्ष महेश नेवा, उपाध्यक्ष स्वयंभुराज डंगोल, अाइ डब्लू एफ एन करातेका केन्द्रीय काेषाध्यक्ष नवराज चाैंलागाई, राष्ट्रिय तेक्वान्दो संघका ३ नं. प्रदेश सचिव राजु श्रेष्ठ लगायतका अतिथिहरुबाट मेडल प्रमाणपत्र तथा ट्रफि वितरण गर्नु भएको थियोे ।
प्रतियोगिता गाेदावरी मार्शल अार्टस् सेन्टरका अध्यक्ष एवम् अाई डब्लु एफ् एन कराते डाे संघ केन्द्रीय टेक्निकल कमिटीका अध्यक्ष चिन लामाकाे सभापतित्वमा सम्पन्न भएको थियोे । प्रतियोगिता करातेका ८ जना एसियन रेफ्री र २२ जना राष्ट्रिय रेफ्रीले दुई वटा स्थानमा एरेना बनाई विश्व कराते नियम बमोजिम संचालन गरिएको थियोे । प्रतियोगिताको रेफ्री संयाेजककाे भूमिकामा राष्ट्रिय रेफ्री कमिसनका वरिष्ठ उपाध्यक्ष राम लामा रहनु भएको थियोे ।