संगीत हाम्रो रोजाई

एसपी मल्लले चितवन छाडे

एसपी मल्लले चितवन छाडे

0 43

१८ पुस, काठमाडौं । राजनीतिक आडमा संगठनको चेन अफ कमाण्डलाई लत्याएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले रमाना बुझेका छन् ।

चितवन प्रहरी प्रमुख मल्ललाई प्रहरी प्रधान कार्यालय, नक्सालले ४ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियो । तर, उनले अवज्ञा गर्दै जिल्ला छाड्न मानेका थिएनन् ।

बिहीबार ३ नं. प्रदेश प्रहरी कार्यालय, हेटौंडाले उनलाई १२ घन्टाभित्र रमाना बुझ्न निर्देशन दिएको थियो । त्यसपछि शुक्रबार बिहान उनले ट्वासीलाई ‘चार्ज’ बुझाएर जिल्ला रमाना लिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले बताएको आजको अन्लाईन खबरमा छापिएको छ।