चक्कु किन्दा माया बसेपछि उमेरले छेकेन यी जोडीलाई

एजेम्सी : पछिल्लो समय एक जोडीको बिहे निकै चर्चामा छ । मायामा उमेर हेरिँदैन भन्ने उखान चरितार्थ गर्ने यो बिहे ६२ वर्षका बृद्ध र १८ वर्षकी युवतीबीच भएको हो ।इण्डोनेसियाको गोवामा बस्ने यी दुईको बिहेले अहिले इन्टरनेटमा निकै चर्चा पाइरहेको छ ।

यो पनि पढ्नुहोस

RSG Result 60-30

Opration success

६२ वर्षीया सुलेमान डाएंग नगम्पा आफ्नी नवविवाहित पत्नी डायना डायंग नगनियांगकहाँ चक्कु किन्न जाँदा उनीहरुको प्रेम सुरु भएको इण्डोनेसियाको एक वेबसाइटले जनाए छ ।सुलेमान ५ छोराछोरी र ९ नातिनातिनीका अभिभावक हुन् । केही समयअघि उनकी पत्नीको मृत्यु भएको थियो ।

पत्नीको मृत्युपछि स्थानीय लोहारको घरमा चक्कुलगायत फलामका सामान किन्न गइराख्ने सुलेमानको लोहारकी छोरी डायनासँग प्रेम भयो ।एक वर्षको प्रेमपछि उनीहरुले गएको १६ जुलाइमा बिहे गरेका हुन् ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...