अनलाईनको दुनियामा पहिलो पटक अनलाईन,आईडल हुदै !

अनलाईन,आईडल

अनलाईनको दुनियामा पहिलो पल्ट सुर संगालो परिवार एबम हाम्रो नेटवर्कको सहजीकरणमा हाम्रो स्मुल आईडल “Hamro Smule Idol” कार्यक्रम संचालन हुदैछ। कार्यक्रम आउदो भाद्र ११ अर्थात २७ अगस्ट बाट सुरु हुँदै छ। कार्यक्रममा बिश्वभरीका नेपालीहरुलाई विभिन्न १२ वटा अनलाईन समुहले सहकार्य गरि प्रस्फुटन गरेको छ। कानूनी रूपमा सूर संगालो परिवार (SSP)ले प्रायोजन गरेको यस आईडल निर्णायकमन्डलमा नेपाली सांगीतिक क्षेत्रबाट संगीतकार श्री रिदम कडेल ज्यु र श्री जयराम खनाल ज्यु अनुबन्धित हुनुभएको छ।

यो पनि पढ्नुहोस

SSOG ले फेरी ठुलो सहयोग

विश्वभरी छरिएर रहेका संगितकर्मी नेपालीहरुलाई अनलाइनको अवधारणाले एउटै मालामा उन्ने काम १२ वटा समुहको हाम्रो नेटवर्कले गरिरहेको छ। भौगोलिकताको दुरीले टाढा रहेता पनि नेपाली मौलिक संस्कार र संस्कृतिलाई बचाउँन सक्ने समाजको ऐना मध्ये नेपाली गित संगित पनी एक हो; अनलाईनको माध्यमबाट आफ्नो सांगितिक भबिष्यको खोजिमा लागिरहेका नेपाली युवाहरुको जमातलाई केहि प्लेटफर्म दिने यो कार्यक्रमको अर्को मुल उद्देश्य हो। यो प्रतियोगिता नेपाली सांगितीक क्षेत्रको नौलो आयामिक, फरक शैली र ठुलो प्रक्रिया बनेको छ; ७ चरणको यस नेपालको पहिलो अनलाईन आइडलमा संगितप्रेमी र सांगितिक क्षेत्रमा आफ्नो छवि बनाउन चाहने नेपाली युवाहरूको लागी अनलाईनको दुनियाँमा प्रेरणादायीक कोसेढुंगा साबित हुने आयोजक कमिटिका निर्देशक बिजय ग्लानको दाबी रहेकोछ।

सम्बन्धित पोस्ट
प्रतिक्रिया दिनुहोस
Loading...